अपडेट 
२०७७ बैशाख १२, शुक्रबार ०७:१०

काडमाडौं  विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ। 

विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २० पुगेको छ। गत २४ घण्टामा मात्रै साढे ८४ हजार नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये सात लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन्।

विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार  ३ सय २२  जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। त्यसैगरी स्पेनमा बिहीबार ४ सय ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। फ्रान्समा बिहीबार ५ सय १६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ।

त्यसैगरी बेलायतमा बिहीबार ६ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ।  ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्र मितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्।

त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

Comment


Related News

Latest News

Trending News