अपडेट 
२०७७ बैशाख १२, शुक्रबार ०७:४०

 एजेन्सी । बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ ।

परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ ।

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ । खोप लगाइने व्यक्तिले भने आफूलाई कुन खोप दिइदैछ भन्ने थाहा हुने छैन, चिकित्सकलाई मात्रै यसबारे जानकारी हुनेछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्न खोप लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै तयार पारेको खोपको मानवीय परीक्षणमा गएको हो ।

उनले व्यक्तिगत रुपमा आफूलाई खोपमा निकै नै आशा रहेको भन्दै त्यसका लागि परीक्षण गरी मानवबाट तथ्यांक लिएर खोपले वास्तवमै काम गर्छ भनेर देखाउनु पर्ने बताइन् ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि पनि अर्को प्रकारको कोरोना भाइरस मर्स्विरुद्धको खोप पनि बनाएको थियो । अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास गरेका छन् । कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News