२०८२ जेष्ठ २३, शुक्रबार ०७:१३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरुको आन्दोलन तुहिसकेको बताएका छन् ।

नेपाली कांग्रेसका स्वर्गीय नेता ठाकुर प्रसाद ढुंगानाको ६२औँ स्मृतिसभामा शालीकको अनावरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले राजावादीहरुको आन्दोलन तुहिसकेकाले केही बोलिरहन नपर्ने टिप्पणी गरे ।

उनले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग बेतुकको रहेको दाबी गरे । संसदको अवरोध कहिले हट्ने विषयमा उनले संसद अवरोधको कुनै कारण नै नरहेको बताए ।

नेकपा एमालेसंगको सहकार्य र गठबन्धन पूरै कार्यकाल टिक्ने र २०८४ सम्मै चल्ने सभापति देउवाले स्पष्ट पारे । मधेश प्रदेशमा कांग्रेस नेताका लागि आफ्नो नेतृत्वको सरकार किन सपना बन्दै छ ? भन्ने प्रश्नमा उनले सरकार, नेता कार्यकर्ताले नभएर जनताले चाहेको खण्डमा मात्र बन्ने जिकिर गरे ।

Comment


Related News