संसद्को अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षबिहिन बनेको छ।
आइतबार सभामुखले सिंहदरबारमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।
छलफलमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षले आआफ्नै अडान दोहोर्याएका थिए। छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याएका थिए।
जवाफमा प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने अडान दोहोर्याएका थिए। यद्यपि उनले आजै विपक्षी दलहरुको बैठक रहेकाले यसबारे थप धारणा त्यसपछि दिने उनले बताएका थिए।
सभामुखले घिमिरेले भने राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाका थिए। संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए।



