२०८२ असार ५, बिहीबार ०७:३८

लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय रहेका नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरतप्रसाद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाई पार्टी प्रवेश गरेका छन् ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ का नेता साहले आफ्नो राजनीतिक जीवनको सुरुवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७/२०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भइ विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए । २०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व गरिसकेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रीय अध्यक्ष बनेका थिए ।

नेता साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद् सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ । पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरे । नेता साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News