मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्माले केही राजनीति दल र मन्त्रीको व्यक्तिगत कारणले सो प्रतिष्ठान नै खारेजी गर्न लागि परेको बताएकी छन् ।
मिथिलाबिहारी नगरपालिकामा शुक्रबार भएको कार्यक्रममा मन्त्री शर्माले विगतका मन्त्रीले प्रतिष्ठानको बजेटसमेत विनियोजन नगरिएको र प्रतिष्ठानको नाम समेत उल्लेख नगरेको स्मरण गरिन् । उनले प्रतिष्ठानलाई खारेजी समेत निर्णय गरि दिएको खुलाइन् । उनले भनिन्, ‘ त्यसपछि मैले मन्त्री बनेपछि त्यो निर्णयलाई समेत दराज बन्द गरि मन्त्री परिषदको बैठकमा मैले लगेन । त्यसपछि प्रतिष्ठानलाई ११ महिना बिना तलबको कर्मचारीहरु खटिरहेको थिए। मैले नै प्रतिष्ठानका सम्पूर्ण कर्मचारीलाई अश्वासनपछि संशोधनमा गरेर बजेट पठाए ।’ सो कार्यक्रममा निति आयोगका पुर्वउपाध्यक्ष डा. भोगेन्द्र झाले मधेश प्रदेश सरकारले गठन गरेको संस्था मधेश प्रज्ञा प्रतिष्ठान हाम्रै हो भने स्वामित्व लिनुपर्ने बताए ।
मधेश सरकार पनि यसै सोचलाई दृढतापूर्वक ग्रहण गरी मधेश प्रदेशभरका सबै भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला र संगीत आदिको संरक्षण, संवद्र्धन र विकास गर्न मधेश प्रज्ञा–प्रतिष्ठानको दायित्व रहेको उनले बताए । सो प्रतिष्ठानले मधेशको भूगोल र पहिचानलाई अनुसन्धानमूलक कृतिको माध्यमले थप मजबुतका साथ प्रदेश, राष्ट्र र अन्तर्राष्टिय जगतसम्म पु¥याउने आफ्नो लक्ष्य राखेको छ । यसको लागि प्रदेश सरकार, बौद्धिक जमात र अध्यनशील समाजको पूर्ण सहयोग र समर्थन को आवश्यकता रहिरहने डा. झाले बताए ।
मधेश प्रदेशमा भाषा, साहित्य, संस्कृति, कला, गीत–संगीत, नाटक आदि क्षेत्रमा बजेट सहितको थप जिम्मेवारी आए त्यसलाई प्रतिष्ठानले आफ्नो जनशक्तिको आधारमा तदारुकताका साथ सञ्चालन गर्ने कार्ययोजना समेत बनाए सो प्रतिष्ठानले जनाएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना २०७९ भदौँ १० गतेमा भएको थियो ।



