डिजिटल युगमा युवतिहरु बढी असुरक्षित भएकोमा प्रति चिन्ता व्यक्त गरिएको छ ।वीरगञ्जमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्तहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन । तेरापंथ महिला मण्डल वीरगंजले सामाजिक जागरुकता अभिवृद्धिको उद्देश्यले ‘कन्या सुरक्षा सर्कल’ कार्यक्रमका सहभाग्ी वक्ताहरले सामाजिक सञ्जाल, अनलाइन गेम, अनलाइन च्याट लगायत केहि मोबाइल एप्समार्फत साइबर अपराध बढदै गएको प्रति चिन्ता व्यक्त गरे ।
विभिन्न अनलाई माध्यमहरुबाट युवतिहरुलाई मनोबैज्ञानि शोषण तथा ब्ल्याकमेलिङ जालमा पार्ने अपराधहरु बढदै र मानसिक दवाबका घटनाहरु तीव्र गतिमा बढिरहेको हुँदा कन्याहरुलाई आत्मरक्षा, डिजिटल साक्षरता, साइबर सुरक्षा र आत्मविश्वासका विषयमा मार्गदर्शन दिनुपर्ने आवश्यकता रहेको बताए ।
वीरगंजको शंखधर साख्वा पार्कमा आयोजित सर्कलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले “कन्याहरूको सुरक्षालाई सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउदै कन्याहरूको सुरक्षा, सम्मान र सशक्तीकरणलाई संस्थागत रूपमा अघि बढाउनु अत्यन्तै आवश्यक भएको बताए । महिलामाथि भइरहेका हिंसा, दुव्र्यवहार तथा असमान व्यवहारविरुद्ध समाजलाई सजग बनाउन यस्तो अभियान महत्वपूर्ण हुने मेयर सिहले धारणा व्यक्त गरे ।
कार्यक्रममा तेरापंथ महिला मण्डलकी अन्तर्राष्ट्रिय अध्यक्ष सरिता डागाले कन्याहरूको संरक्षण, आत्मनिर्भरता र सामाजिक चेतनाको आवश्यकता उल्लेख गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरिन् । साथै उनले महिलाहरूलाई आत्मविश्वासी, शिक्षित र जागरूक बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइन ।
नेपाल स्तरीय जैन श्वेताम्बर तेरापंथ सभाका वरिष्ठ उपाध्यक्ष अशोक बैद्यले वर्तमान समाजमा कन्या सुरक्षाको महत्वलाई विशेष रूपमा उल्लेख गर्दै, यस्तो कार्यक्रमले समाजमा चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले “कन्याहरूको संरक्षण मात्र होइन, सशक्तिकरण पनि समयको आवश्यकता रहेको भन्दै यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो ।
यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको आत्मरक्षा, आत्मविश्वास र अधिकारबारे जनचेतना फैलाउने विश्वास आयोजकले व्यक्त गरेका छन । तेरापंथ महिला मण्डल वीरगंजकी अध्यक्ष बबिता खटेडको अध्यक्षतामा आयोजित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, समाजसेवी, अभिभावक र स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।



