२०८२ असार ७, शनिबार १२:२३

जनकपुरधामबाट प्रशारित टिभी टुडे जनकपुरका पत्रकार चाँदनी झालाई धनुषाधाम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष जयनारायण यादवले मार्ने धम्कि दिएका छन् ।

शनिबार स्थलगत रिर्पोटिङको क्रममा धनुषाधाम पुगेका पत्रकार चाँदनी झाले, भिडियो रिर्पोट बनाइरहेको समयमा वडाध्यक्षका निकट पात्र नागेश्वर यादवले भिडियो खिच्न रोक लगाएका थिए । नागेश्वर यादवले अभद्रशैलीमा पत्रकार झासंग विवादसमेत गरेका थिए । केही बेर भनाभन भएपछि नागेश्वर यादवले वडाध्यक्ष यादवलाई फोन गरेर पत्रकारले भिडियो खिचिरहेको जानकारी गराउँदा वडाध्यक्ष यादवले पत्रकार चाँदनीलाई झापड हानेर भगाउन निर्देशन दिएका थिए ।

त्यसपछि पत्रकार चाँदनीले फोनमै वडाध्यक्ष यादवलाई वडाध्यक्ष भएर यस्तो खराब बोली र व्यवहार नसुहाउँदो हो भनेर सचेत गराउँदा वडाध्यक्ष यादव थप अभद्रशैलीमा पत्रकार झासमक्ष प्रस्तुत भएको अडियो क्लिप सुरक्षित रहेको छ ।

वडाध्यक्ष जस्तो जिम्मेवार र गरिमामय पदमा बसेर एउटा महिला पत्रकारसंग गरेको व्यवहारले वडाध्यक्ष यादवको नियत स्पष्ट पारेको पत्रकार चाँदनी झाको भनाई छ । उनले आफूप्रति वडाध्यक्षले गरेको व्यवहार विरुद्ध प्रहरीमा उजुरी दिने र कानुन बमोजिम वडाध्यक्षलाई कारबाहीको घेरामे पुर्याउने जानकारी दिएकी छन् ।

वडा अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित रहेका छन् ।

Comment


Related News

Latest News

Trending News