२०८२ असार ७, शनिबार १३:०७

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।

बैठकको सुरुआतमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यतिठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्। जनताले भोगिरहेको यतिठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्।

सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरुले होहल्ला गरेका छन्।

Comment

Related News

Latest News

Trending News