२०८२ असार १२, बिहीबार १५:४२

मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा मोर्चाको बैठक बसेको हो ।

बैठकमा पछिल्ला विकसित राजनीति घटनाक्रम, मोर्चाको आगामी कार्यायोजनालगायतको विषयमा छलफल चलिरहेको छ । बैठकमा कात्तिकको दोस्रो साता हुने भनिएको उपनिर्वाचनबारे पनि छलफल भएको चौधरीले बताए ।



प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यको उपचुनावकोको मिति आयोगले तोक्दैछ ।

उनले भने, ‘कांग्रेस, एमाले, रास्वपाले आन्तरिक रूपमा तयारी थालिसकेका छन् । कात्तिकभित्रै चुनाव हुने गरी आयोगले मिति तोक्दैछ । अन्य दलहरू मैदानमा गइसकेका छन्, तर हाम्रोबाट कसैले तयारी थालेको पाइएन। त्यसैले छलफल गरौँ भनेर बैठक राखेका हौँ ।’

गएको निर्वाचनमा नाउपाले उम्मेदवारी दिएर सम्मानजनक मत पाएको भन्दै उपनिर्वाचनको लागि रुपन्देहीमा पार्टीको उम्मेदवार करिब तय भइसकेको बताए । उनले मोर्चा गठन भइसकेकाले सबै दलहरुबीच सहमतिमा अघि बढ्न प्रस्ताव राखे ।

Comment


Related News

Latest News

Trending News