२०८२ असार १२, बिहीबार १९:३६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खर्च नहुने रकम फिर्ता गर्न मातहतमा निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड परिषद् केन्द्रलाई निःशर्त बाहेकको अन्य अनुदान रकम सोही आर्थिक वर्ष भित्र खर्च हुन नसकी बाँकी रहेको फिर्ता गर्न निर्देशन दिएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ७९ को उपनियम ३ मा निःशर्त बाहेकको अन्य अनुदान रकम फिर्ता गर्न भनिएको हो ।यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा लिइसकेका तर खर्च नहुने रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयसँग समन्वय गरी चालु आवभित्रै पठाउन लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


