अपडेट 
२०७७ बैशाख १३, शनिबार ०९:१६

काठमाडौं । काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर गएको गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

दुर्घटनामा बसका सह–चालक दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्माको मृत्यु भएको हो । घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ । बसमा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वय अर्को बसमा हालेर पठाइएको प्रहरी निरीक्षक साहले बताए ।

तीव्र गतिमा रहेको बस मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Comment


Related News

Latest News

Trending News