अपडेट 
२०७७ बैशाख १३, शनिबार ०९:२२

काठमाडौं   विश्वव्यापी कोरोना भाइरस संक्रमणको जोखिम सबैभन्दा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीलाई नै हुन्छ । इटालीमा कोरोना भाइरसका कारण कम्तीमा १५० डाक्टरको ज्यान गएको छ ।

इटालीको डाक्टर एशोसिएसनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।

यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ ।

इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले सरकारले स्वास्थ्य प्रणाली बचाउन पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ । सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर, एएनएएओले भने यो रकम पर्याप्त नरहेको बताएको छ ।

इटालीमा अहिलेसम्म एक लाख ९२ हजार नौ सय ९९४ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । इटाली अमेरिकापछि यो भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो । 

Comment


Related News

Latest News

Trending News