
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका ज्वाइँले एक जनप्रतिनिधिलाई योजनावद्ध ढंगले दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोप लागेको छ ।
सभामुख मण्डलका ज्वाइँसमेत रहेका सभामुख सचिवालय सदस्य रमेश कुमार मण्डलले मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्णकुमार बसन्तले आफूलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

पूर्वाधार विकास कार्यालय धनुषामा योजनावद्धसहित एक कर्मचारीमार्फत फोन गरी कार्यालयको कामकाजका लागि बोलाएको र सोही क्रममा कुराकानी गर्नुछ भनि भौतिक निर्माणको काम मापदण्ड विपरीत कामकाज भएको भन्दै वडाध्यक्ष बसन्तले भने, ‘पूर्वाधार विकास कार्यालयमा जवर्जस्ती विनासितीमा रमेश कुमार मण्डलले हातपात गरी बायाँ हातको औलासमेत भाँचिदिएको र अभद्र व्यवहार तथा गालीगलौजसमेत गरेको छ ।’
वडाध्यक्ष बसन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिँदै प्रहरीलाई आफ्नो औँला भाँचिदिएको, आफूलाई अभद्र व्यहावर गरेको तथा गालीगलौजसमेत गरेकोले रमेशकुमार मण्डललाई कानुन अनुसार कारबाही गर्न माग गरेका छन् । यसअघि सभामुख मण्डलका ज्वाइँ रमेश कुमार मण्डलले आफ्नै नातामा पर्ने भाईलाई उठिवास गराउनका लागि विभिन्न प्रपञ्च गर्दै दुःख दिँदै आएको आरोप लगाएका थिए ।