अपडेट 
२०७७ बैशाख १३, शनिबार १२:२८

जनकपुरधाम । कोरोना संक्रमण भेटिएका भोजपुरका २६ वर्षीय युवकको श्रीमती र ससुरालीका पाँचै सदस्यको कोरोना परीक्षण नेगेटिभ आएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैको नतिजा नगेटिभ आएको वेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।
नेगेटिभ आएकाहरूमा श्रीमती, बुवाआमा र श्रीमतीका भाइ र बहिनी छिन्।

भोजपुर हुतुवागढीका युवक गत फागुन ३० गते साउदीबाट इटहरी, धरान, चतरा हुँदै उदयपुरको मैनामैनीमा रहेको ससुराली पुगेका थिए।

सुनसरी चतरा बस्ने उनी चैत ८ गतेदेखि १४ गतेसम्म श्रीमतीसहित ससुराली बसेका थिए।

त्यसपछि श्रीमतीलाई ससुरालीमै छोडेर उनी साथीसँग बाइकमा चैतको दोस्रो साता हतुवागढी घर फर्किएका थिए।

र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि धरान पठाइएको थियो। धरानमा गरिएको परीक्षणमा उनमा भएको कोरोना पुष्टि भएको थियो। हाल उनलाई विराटनगरको कोरोना अस्पतालमा भर्ना गरिएको छ।

युवकमा संक्रमण देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको परीक्षण गर्ने क्रममा उदयपुरको मैनामैनीस्थित ससुराली परिवारला पाँच जनाको धरानमा पिसिआर परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो।

Comment


Related News

Latest News

Trending News