२०८२ असार २२, आईतवार ०७:१४

मधेश प्रदेशसभाको बैठक आइतबार बस्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतबार मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको छ । आइतबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।



प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक स्थगित भएको थियो । मधेश प्रदेश सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलले आगामी बैठक बहिष्कार गर्ने जनाएको थियो ।

विपक्षी दलले सभामुख रामचन्द्र मण्डलले विपक्षीलाई जानकारी नै नदिइ बैठक स्थगित गरेको भन्दै आपत्ति समेत जनाएका थिए । मधेश सरकारले आगामी आर्थिक वर्ष लागि ल्याएको बजेटको सत्तारुढ दलका समेत सांसदहरुले समेत विरोध गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत सो बजेटमा विचौलिया हावी भएको भन्दै विरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News