
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रेस सेन्टर नेपाल पर्सालगायतका पत्रकारहरूले ठाकुरलाई पक्राउ गर्न दबाब दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो वीरगञ्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले मदिरा सेवन गरी कार्यक्रमस्थलमा आएर दुव्र्यवहार गरेको पत्रकार हरुको आरोप छ ।

पत्रकार सन्तोषकुमार कुशवाहा लगायत पत्रकारहरू आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । सो घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ ।
संयोजक ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो देखाएको छ । पत्रकारका विभिन्न संघ–संगठनहरुले सो घटनालाई आपत्तिजनक भन्दै दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत ठाकुरलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।