२०८२ असार २५, बुधबार ०७:४८

मधेश प्रदेशमा पानी नपर्दा यसको प्रत्यक्ष मार किसानले भोगिरहेका छन् भने अत्यधिक गर्मीले सामान्य जनजीवनसमेत कष्टकर बनेको छ ।

मौसम पुर्वानुमान महाशाखाले मधेश बाहेकका अधिकांश प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरे पनि मधेशमा लामो समयदेखि वर्षा नहुनुका कारण खडेरीको अवस्था सृजना भएको छ । उच्च तापक्रमका कारण जनजीवन प्रभावित भएको छ भने खेतीपातीमा पनि प्रतिकुल असर परेको छ । लामो समयदेखि वर्षा नहुँदा खेत सुख्खा रहेका छन्, जसले अन्नउत्पादनमा असर पार्ने चिन्ता बढाएको छ । त्यस्तै अत्यधिक गर्मीका कारण सार्वजनिक खानेपानीका धारा (कल) सुक्न थालेका छन् ।

जसकाकारण पानीको हाहाकार समेत देखिन थालेको छ । स्थानीयवासीहरू उच्च तापक्रम र पानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् । मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा हाल भइरहेको अत्यधिक गर्मीका कारण जनजीवन मात्र होइन, खानेपानी आपूर्तिमा समेत गम्भीर संकट देखा परेको छ ।

विशेषगरी ग्रामीण क्षेत्रका चापाकलहरू सुक्न थालेका छन् भने शहरी क्षेत्रमा पानी वितरण प्रणालीमै समस्या देखिएको छ । चुरे क्षेत्रको अत्यधिक दोहन, वनविनाश, र भूमिगत जलस्रोतको अत्यधिक उपयोगका कारण पानीको सतह लगातार घट्दै गएको छ । यसले गर्दा मधेशका बारा, पर्सा, महोत्तरी, रौतहट, सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाहरूमा पानीको अभाव चुलिएको छ । धेरैजसो गाउँघरमा मुख्य पानीको स्रोतको रूपमा रहेका चापाकलहरू अब ७०–८० फिट भन्दा तलको पानी समेत तान्न नसक्ने अवस्थामा पुगेका छन् ।

कतिपय स्थानमा चापाकलमा मोटर जडान नगरी पानी नआउने अवस्था आएको छ । जनकपुरधाम, वीरगञ्ज, जलेश्वर, गौर, लहान, सिरहा बजार जस्ता शहरी क्षेत्रमा पनि पुरानाधारा तथा पाइपलाइन जीर्ण अवस्थामा छन्, जसका कारण नियमित आपूर्ति सम्भव भएको छैन । जनकपुरधाम उपमहानगरपालिका भित्र हाल ४० हजारभन्दा बढी घरधुरी छन् । तर, पानी संस्थाले जडान गरेका ४,६८५ धारामध्ये ५६% मात्रले नियमितपानीपाउने गरेको तथ्यांक छ । बाँकी घरधुरीले वैकल्पिक रूपमाचापाकलको भरमा रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाले खानेपानीको अभाव भइरहेका वडा नं. २, ४, १२, १६, १८ लगायतमा ट्यांकरमार्फत पानी वितरण शुरु गरिसकेको छ । प्रत्येक वडामा अस्थायी पानी ट् यांकी स्थापनागरिएको छ भने टोल–टोलमाधारा निर्माणको प्रयास भइरहेको जनाइएको छ । जनकपुरधाम, जलेश्वर, राजविराजनगरपालिकाले पानीको समस्या बिर्सेर असारे बजेट मिलाउनमा भिडेको देखिएको छ ।

स्थानीयतहहरूलाई अल्पकालीन राहत योजनाहरु ट्यांकरबाट पानीवितरण, नयाँचापाकल जडान, र वर्षा पानी संकलन प्रणाली अपनाउन आवश्यक रहेको बेला जनताको समस्यालाई बिर्सेर बजेट मिलाउनमा भिडेको देख्दादुखलाग्ने गरेको स्थानियको भनाइ छ । खानेपानी अभावको मूल जड चुरे क्षेत्रको दोहनमा रहेको जलस्रोत विज्ञहरू बताउँछन् ।

वनविनाश, अवैज्ञानिक खानी उत्खनन र पानी पुनः भरण नभएका कारण भूमिगत जलको मात्रा घट्दै गएको हो । यसको प्रत्यक्ष असर मधेशका बस्तीहरूमा परेको छ, जहाँ ८० प्रतिशतभन्दा बढी जनता चापाकलमा निर्भर छन् । यताधान रोपाइँको समयमा आकाशे पानीको भरमा रहेको मधेश प्रदेशमा लामो समय देखि वर्षा नै नभएपछि हालसम्म २५ प्रतिसत मात्रै रोपाइँ हुन सकेको छ । कृषि मन्त्रालय मधेश प्रदेशका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डलका अनुसार अहिले सम्म मधेश भरिमा ७५ देखि ८० प्रतिशत रोपाइँ सम्पन्न हुनुपर्नेमा २५ प्रतिसत मात्रै सम्पन्न हुनु एकरुपले मधेशमा खडेरीको सम्भावना बढ्दै गएको रुपमा लिन सकिने बताए ।

अहिले पनि चारपाँच दिन भित्र पर्याप्त वर्षा भए किसानले रोपाइँ सम्मपन्न गर्न सक्ने सम्भावना छ । तर आकाशे पानीको भरमा रहेको मधेशको किसानले एक हप्ताभित्र वर्षाको पानी नपाए मधेशमा खडेरी पर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले नै मधेशको अवस्था बिग्रियो भनेर आँकलन नगरौ, वर्षा हुने सम्भावना छ, पानी परेपछि स्थितिमा सुधार आउछ ।’

मधेशमा मंगलबारसम्मको रोपाइँ सम्पन्नको तथ्यांक हेर्ने हो भने सिरहा जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टर मध्ये १३ हजार ५ सय हेक्टरमा रोपाई सम्पन्न भएको छ, प्रतिशतमा हेर्ने हो भने २५ प्रतिशत रोपाइँ मात्र हुन सकेको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर मध्ये ७ हजार ४ सय २ ९ अर्थात १७ प्रतिशत, बारामा ४६ हजार २० हेक्टर मध्ये १० हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको अर्थात २१.७ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी पर्सामा ६१.९९ प्रतिशत रोपाइँ भएको छ, मधेश प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको जिल्लामा पर्सा नै रहेको छ ।

पर्सामा ३९ हजार ७ सय ३१ धान रोपाइँ हुने क्षेत्रफलमध्ये २४ हजार ६ सय ३१ हेक्टरमा धान रोपाइँ भएको छ । रौतहट, सर्लाही, सप्तरी र महोत्तरीमा क्रमशः ४०,३०,१० र ९.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यता लामो समय देखि वर्षा नभएको कारण खेतीपातीगर्नमा समस्या आइरहेको बेला व्यापक सिचाइँको व्यवस्था मिलाउन मधेश प्रदेशका उर्जा सिचाइँ तथा खानेपानी मन्त्रालयले नीति बनाउनु पर्नेमा असारको चटारोमा व्यस्त रहेको पाइएको छ । मन्त्रालयले मधेशमा हुन सक्ने खडेरीलाई मध्यनजर गर्दै किसानलाई सिचाइँको व्यवस्था प्रति बेवास्ता गरिएको छ ।

स्थानीय श्यामसुन्दर शशीका अनुसार यसमा देवताको कुदृष्टि लागेको भनेर दुस्प्रचार नगर्न आग्रह गरे,उनले जलवायु परिवर्तनको प्रत्यक्षप्रभावमधेशमा परेको र यसकारण मधेशमागर्मीमा बढोत्तरीका साथै पानीको हाहाकार भएको छ,यसका लागि सरकारलाई दिर्घकालीन योजनाका साथै वृक्षारोपण ,चुरे विनाशबाट रक्षानगरेसम्मकुनै पनिहालतमामधेशलाई जलवायु परिवर्तनबाट बचाउन सकिदैन ।

Comment


Related News

Latest News

Trending News