२०८२ असार २७, शुक्रबार १७:३२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुमाथि मुद्दा लगाइएकै कारण पार्टीले विदा गरे स्वीकार गर्न तयार रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले विदा गरे आफु विदा भएर जान तयार रहेको बताउनुभएको हो । आफुमा पार्टी बनाउने आँट रहेको र बिभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले आफुले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राख्नुभयो । नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफुमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले अहिले आफुमाथि प्रतिशोध साध्नेहरु पछि आफुले खनेको खाल्डोमा आफै पनि पर्न सक्ने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News