२०८२ असार ३०, सोमबार ०६:५६

जनमत पार्टीभित्रको आन्तरिक विवादले विरोधीलाई निषेधको राजनीति गर्न थालेपछि अध्यक्ष सीके राउतको कडा आलोचना हुन थालेको छ ।

सोको परिणामस्वरुप सडकमा आएर हिंसात्मक बनेको छ । पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इञ्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि बारामा प्रज्वलनशील पदार्थ प्रहारसहित मोसो छ्यापेर दुव्र्यवहार गरिएको छ ।



यो घटना पार्टीका अध्यक्ष डा. सीके राउतका निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको छ । निलम्बित नेताहरूले पार्टीभित्रको असन्तुष्टि र संघर्षलाई उजागर गर्न पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा सुरु गरेका छन्। आइतबार बिहान बाराको महागढीमाई नगरपालिका–३ स्थित दहियारमा उनीहरू कार्यकर्तासहित खाना खाएर संवाद कार्यक्रममा जाँदै गर्दा आक्रमण भएको थियो ।

इञ्जिनियर साहले आफूहरूमाथि डा. सीके राउतले ‘ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही गुण्डाहरू परिचालन गरेको’ आरोप लगाए । सार्वजनिक भएको सो भिडियोमा साह, यादव र सुनार चढेको गाडीलाई विकास सिंहको नेतृत्वमा गएका कार्यकर्ताको एक समूहले हालेको देखिन्छ । उनीहरूले लुकाएर लगेको बोतलबाट कालो मोसो फालेका थिए ।

Comment


Related News

Latest News

Trending News