अपडेट 
२०७७ बैशाख १३, शनिबार १९:५४

काठमाडौं। सरकारले कोरोना नियन्त्रण र रोकथाममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको जनाइरहदा स्वास्थ्य मन्त्रालयले औलोको प्रकोप समेत बढ्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

विश्व औंलो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा रहेका केही व्यक्तिलाई समेत औंलोको संक्रमण देखिएको भन्दै थप सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले व्यक्तिगत तथा वातावरण सरसफाईमा ध्यान दिन सम्पूर्णमा आग्रह गर्नुभयो । औलोको कारण विश्वमा प्रत्येक २ मिनेटमा एक बालबालिकाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैबीच, चितवन भरतपुर अस्पतालमा उपचाररत कोभिड १९ संक्रमित २७ बर्षीय पुरुष निको भएर डिस्चार्ज गरिएको छ । संक्रमण पुष्टि भएको आठौं दिनमा उनमा गरिएका पछिल्ला दुवै परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । 

योसंगै हालसम्म १२ जनामा कोरोना संक्रमण निको भएको छ । अन्य ३७ जनाको विभिन्न अस्पतालमा उपाचार भइरहेको र अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिनुभयो । 

मुलुकभर हालसम्म पिसिआर पद्धतीबाट ९ हजार ६ सय ६६ र आरडिटीबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण भएको छ । 

Comment


Related News

Latest News

Trending News