अपडेट 
२०७७ बैशाख १३, शनिबार २०:०२

काठमाडौं। एजेन्सी विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोभिड १९ निको भइसकेको व्यक्तिलाई पुन: संक्रमणको जोखिम रहने बताएको छ । 

कोभिड १९ निको भएका र एन्टिबडी उत्पादन भइसकेकालाई दोश्रो पटक संक्रमण हुँदैन भन्ने कुनै प्रमाण हालसम्म फेला नपरेको डब्लुएचओले जनाएको छ । संक्रमण नदोहोरिने सुनिश्चितता नभएको भन्दै संक्रमण निको भएकालाई खतरामुक्त रहेको प्रमाणपत्र तथा रोगप्रतिरोधात्मक पासपोर्ट नदिन पनि डब्लुएचओले चेतावनी दिएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेससले विभिन्न मुलुकहरुसंग मिलेर संक्रमणविरुद्धको खोप र औषधी बनाउने कार्यलाई तीब्रता दिइरहेको बताउनुभएको छ । यता, विश्वका नेताहरुले अति संवेदनशील मुलुकहरुमा खोप तथा संक्रमणको पहिचान उपाचारमा मद्धत गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

संक्रमणबाट विश्वभर हालसम्म ज्यान गुमाउनेको संख्या करिब २ लाख पुगेको छ । २८ लाख २४ हजार ७ सय बढीमा संक्रमण पुष्टी भएको छ । जसमध्ये ७ लाख ९८ हजार १ सय १४ जना निको भएका छन् । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा ९ लाख ६ हजार जनामा संक्रमण पुष्टी भएको छ भने ५२ हजार बढीको मृत्यु भएको छ ।

स्पेनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार ९ सय पुगेको छ, २ लाख २३ हजार ७ सय बढीमा संक्रमण पुष्टी भएको छ । रुसमा २४ घण्टामै झण्डै ६ हजार नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ७४ हजार ६ सय पुगेको छ ।

चीनमा पछिल्लो १० दिनको अवधीमा संक्रमणबाट कसैले ज्यान नगुमाएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ । श्रीलंकामा संक्रमितको संख्या बढ्दै गएपछि बढ्दै गएपछि पुन: २४ घण्टे कफर््यू लगाइएको छ । त्यहाँ हिजो एकै दिन ६० जना संक्रमित थपिएका छन् । 


Comment


Related News

Latest News

Trending News