२०८२ असार ३२, बुधबार १६:१३

सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ ।

भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो ।



त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार दुई सय ७५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News