२०८२ श्रावण १, बिहीबार १२:३२

हिजो प्रतितोला एक हजार तीनसय रुपैयाँ घटेको सुनको मूल्य आज थोरै बढेको छ।

सुनको मूल्य आज प्रतितोला तीनसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ।

चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ६५ रुपैयाँ छ।

Comment

Related News

Latest News

Trending News