अपडेट 
२०७७ बैशाख १४, आईतवार ०८:०२

काठमाण्डौ । आइतबार (आज) देखि मङ्गलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् । 

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो । जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यस्तै यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । साउथ एसियन क्लाइमेट आउटलुक फोरम सास्कोफ १६ ले यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरेको हो ।

Comment


Related News

Latest News

Trending News