अपडेट 
२०७७ बैशाख १४, आईतवार ०८:५६

जनकपुरधाम । प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाव सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ।

नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाव संकलन सुरु गरेका हुन्। प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच सयको स्वाब सङ्कलनमा खटिएको बताए।

प्रदेशमा हालसम्म पाँच जना सङ्क्रमित छन्। शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ।

Comment


Related News

Latest News

Trending News