नेपालका मुस्लिमहरुको भारतसंग रोटी–बेटीको सम्बन्ध मात्र नभइ धार्मिक सम्बन्ध पनि रहेकोले भारत विरोधी तत्वहरुबाट सावधान रहन आग्रह गरेका छन् ।
वीरगञ्जमा आइतबार भएको नेपाल भारत मिल्ते कन्सिल सेन्टरले आयोजना गरेको इन्डो नेपाल इन्टलेक्युअल गेदरिंग कार्यक्रमका सहभागी मुस्लीम नेताहरुले भारत विरोधी गतिविधिबाट सावधान रहन जोड दिएका छन् ।
सो कार्यक्रममा कानुन, न्याय तथा संसदीय मन्त्री अजय कुमार चौरसियाले नेपालबाट भारत विरोधी गतिविधिमा बढेकाले सीमानाकामा कडाइ हुनु स्वभावीक भएको बताए । मन्त्री चौरसियाले नेपालबाट भारतमा कुनै पनि किसिमका आपराधिक घटना हुन नदिने स्पष्ट पारे । मन्त्री चौरसियाले भने, ‘भारत विरोधी सबै तत्व वा ग्रुपबाट हामि सावधान रहनु पर्दछ, कतिपय व्यक्तिहरुलाई हामि जानी नजानी जात धर्मको आडमा एक दुय दिनको वास दिने गरेका हुन्छौ, तर त्यहि व्यक्तिहरु पछि भारतमा गएर आतंकवादी गतिविधि गरेका हुन्छन त्यसबाट हामि सावधान रहनु पर्दछ ।’ नेपाल भारत बिच धार्मिक, वैवाहिक, सांस्कृतिक, आर्थिकलगायतका सम्बन्ध सनातनकाल अदभुत रहेकोले, कुनै पनि शक्ति चाहनाले यो नटुट्ने मन्त्री चौरसियाले ठोकुवा गरे ।
सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अबदुल खाले भारत विरोधी गतिविधि प्रति सबै मुस्लिम समुदायलाई सतर्क र सजग बनाउनु पर्ने बताए । पुर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष खाँले नेपाल भारतको सम्बन दुवै देश बीच सीमा स्थापनाबाट पनि पहिला देखिए मानव सभ्यता शुरु भएदेखिको वैदिक सनातन सम्बन्ध भएको स्मरण गरे ।
नेपाल भारत बीच रोटी–बेटीको सम्बन्ध मात्र नभइ नेपाल भारत वायलोजिक र मनोबैज्ञानिक सम्बन्ध विभिन्न रिर्सचहरुले देखाएको बताउँदै भने, कतिपय सोधहरुले सिमामा बस्ने दुवै देशका नागरिकहरुको रक्त समान भएकोले दुबै देशका जनताका गतिविधि, सोच, कार्यशैली सबै समान हुने गरेको प्रमाणित गरिसकेको छ ।’
नेपाल–भारत बीचको सम्बन्ध प्रगाढ भएकोले भारतमा हुने कुनै पनि घटनाबाट प्रत्येक नेपालीलाई प्रत्यक्ष असर पर्ने भएकोले नेपाल भएर भारत विरोधी हुने सबै खाले अनैतिक गतिविधिबाट सबै मुस्लीम समुदाय सर्तक हुनु पर्ने अनुरोध गरे ।
सो कार्यक्रममा सहभागी मुस्लिम उलमाहरुलाई ध्यानाकृष्ट गराउदै पुर्वमन्त्री खाँले भने, ‘नेपालका मुस्लिम युवाहरुलाई दिन–धर्मको कुरासंगै दुनियाको कुरापनि बताउनुस्, किन कि काम धार्मिक अगुवाहरुलाई मान्छ, हाम्रो कुरानले पनि भनेको छ, हामीले छिमेकीलाई कुनै दुःख दिनु हुँदैन, नेपालीहरुको कुनै गतिविधिबाट भारतलाई हानि हुनु हुँदैन, भारतमा कुनै अप्ठ्यारो भयो भने, त्यसबाट हामीलाई पनि असर पर्दछ ।’
सो कार्यक्रममा सहभागी राज्यसभा सदस्य मौलाना खालिद शिद्धिकीले नेपाली मुस्लिमहरुको टोपी र दाढीलाई पाकिस्तान, बंगलादेश वा अरु कुनै देशसंग गास्नु गलत भएको बताउँदै नेपालका मुस्लिमहरुको सबै धार्मिक सम्बन्ध भारतसंग रहेको बताए ।
मौलाना शिद्धिकीले सीमामा सुरक्षा चेकजाँच कडा हुनु स्वभाविक भएको बताउँदै त्यसमा नेपालले पनि सहयोग गर्नुपर्ने बताए । सेन्टरका अध्यक्ष शमिम मिया अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मुख्यमन्त्री लालबालु राउत, भारतीय महावाणिज्य दूतावासका कन्सुल संजय कुमार, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तीया आलम, पूर्वमन्त्री करिमा वेग, पूर्वराजदुत विजयकान्त कर्णलगायतकाले बोलेका थिए ।



