२०८२ श्रावण ६, मंगलवार ०९:०९

धनुषा प्रहरीले प्रहरीको नाउँमा सेवाग्राहीहरूसँग रकम असुली गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत धनुषा प्रहरीले जनकपुरधामस्थित भैरव चोकबाट सतेन्द्रकुमार साहलाई पक्राउ गरेको जनाएको छ ।



साउन ४ गते आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरव चोकमा ३७ वर्षीय साहलाई प्रहरीको नाम प्रयोग गरी सर्वसाधारणसँग पैसा मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलबाट जनकपुरधाम उपमहानगरपालिका–८ का सतेन्द्र कुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ । उनलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले यस किसिमको गतिविधि गैरकानुनी र जनताको विश्वासमा प्रहार गर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यस घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News