अपडेट 
२०७७ बैशाख १४, आईतवार ०९:२६

जनकपुरधाम । उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्यामा नेपालमा बढदै गएपछि भारतसँग जोडिएका प्रदेश नम्बर २ का सिरहा र सप्तरी जिल्ला स्थित सीमानाका सिल गरिएको छ ।

प्रदेशका ८ वटै जिल्ला भारतीय सीमासँग ४ सय २८ किलोमिटर लामो क्षेत्रफलमा जोडिएको छ जसमा ३ सय २९ चेक प्वाइन्ट राखिएका छन् ।

खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले कोरोना भाइरस महामारीको दृष्टिगत गर्दै सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो ।

सैबीच भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ । पर्साका अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट ती भारतीयलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

उनीहरुलाई वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टिनमा हाल राखिएको छ । अहिले त्यहाँ १ सय २४ भारतीयलाई ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने बस्ने व्यवस्था गरिएको अध्यक्ष प्रकाश खेतानले जानकारी दिएका छन ।

Comment


Related News

Latest News

Trending News