२०८२ श्रावण ६, मंगलवार १६:५६

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल अब राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेस गरेका थिए । मन्त्री लेखकको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

अब उक्त विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विस्तृत छलफल हुनेछ ।

Comment


Related News

Latest News

Trending News