२०८२ श्रावण ८, बिहीबार ०७:०३

नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फमा भारतीय प्रहरीले गोली चलाउँदा एकजना भारतीय घाइते भएका छन् ।

सीमावर्ती क्षेत्र अवस्थित भारतको महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल एसएसबीले गोली चलाउदा एक भारतीय नागरिक घाइते भएका छन् । धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमावर्ती क्षेत्रमा गोली चलेका थियो ।



भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ स्थित महिनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ । गोली प्रहारमा भारतीय नागरिक ४५ वर्षीय भर्ता पासवान घाइते भएका छन् ।

स्थानीय व्यापारी लालमोहन पासमानसँगको विवादलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा भर्ता पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरीले जनाएको छ । घाइते पासवानलाई भारतको विहारको दरभंगास्थित मेडिलक कलेजमा उपचारका लागि लगिएको एसएसबीले जनाएको छ ।

सो घटनापछि नेपालतर्फ सशस्त्र प्रहरी बल मधेश प्रदेश अन्तर्गत छिन्नमस्ता वाहिनीका अनुसार महिनाथपुर सीमा क्षेत्र तत्कालका लागि बन्द गरिएको छ ।

Comment


Related News

Latest News

Trending News