
नेपाल सरकारले निर्धारण गरेको नियम बिपरित आहार पुरक समानहरु आयात भइरहेको खुलासा भएको छ । खाद्य प्राविधि तथा गुणस्तर नियन्त्रण विभागले निर्धारण गरेको निमावली बिपरित खाद्यय समान आयात गरी बजारमा खुलेआम बिक्री भइरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता नै नभएका विभिन्न डाइटरी सप्लिमेन्ट र प्रोटिन पाउडरहरू ठूलो मात्रामा नेपालको बजारमा प्रवेश गरिरहेका छन् । काठमाण्डुको जीपी टे«डिङले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भन्सारका उच्च अधिकारीहरुलाई प्रभावमा पारेर यस्तो धन्धा चलाएको छ । खाद्य विभागमा दर्ता नगरी, तर आयात अनुमति दिएको भेटिएको छ ।

वीरगन्ज भन्सार कार्यालयले पनि दर्ताको प्रमाण नहेरी आयात गर्न दिएको छ । विगत ३ वर्ष देखि यसरी अवैध रुपमा भित्रिएको इन्स्योर ब्राण्डको प्रोटिन पाउडर कारोवारमा ठुलो आर्थिक अनियमितताका साथै उपभोक्तालाई ठग्ने काम भएको छ । प्रचलित कानुन अनुसार सबै प्रकारका आयातित डाइटरी सप्लिमेन्ट तथा फुड सप्लिमेन्टहरू आयातित सेम्पलका साथ खाद्यय विभागमा दर्ता हुनुपर्दछ । भन्सारबाट स्पष्ट अनुमति लिएर मात्र बजारमा जान पाउने व्यवस्था छ ।
तर सम्बन्धित निकायहरू बीचको समन्वयको अभाव र अनुगमनको कमजोरीका कारण यस्ता उत्पादनहरू गैरकानुनी रूपमा भित्र्याइँदै , बेचबिखन हुँदै आएका छन् । बजारमा बिक्री बितरण भइरहेको नेपालको खाद्य कानुन विपरीत भएको कारण विभागमा दर्ता नगरी चोरबाटोबाट आयातको अनुमति पत्र प्रदान गरिएको बताइन्छ ।
ठूलो आर्थिक चहलखेलमा भन्सार अनुमति बिना नै जिपि टे«डिगद्धारा आयात गरिएको खाद्यय बस्तुहरु भंसार गरे पछि बजारमा खुलेआम बिक्री– वितरण भइरहेको छ ।जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गराउनुका साथै ठगीने गरिएको सरोकारवाला विज्ञहरुले बताएका छन् ।
देशभरका जिम, खुद्रा पसलहरू, अनलाइन प्लेटफर्महरू तथा विशेषगरी फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत यस्ता उत्पादनहरू खुलेआम बिक्री भइरहेको पाइएको छ । बिना कुनै नियमन, अनुमोदन वा गुणस्तर परीक्षण, सामाजिक सञ्जालमार्फत दैनिक सयौँ उत्पादनहरू उपभोक्तासम्म पु¥याइँदैछन् । यसले न त उपभोक्ताको सुरक्षालाई सुनिश्चित गर्दछ, न त नियमन प्रणालीलाई सम्मान गर्दछ ।
यतिसम्म कि, भाटभटेनी जस्तो ठूलो व्यापारिक प्रतिष्ठानमा समेत अनधिकृत रुपमा भित्रिएको यस्तो उत्पादन बिक्रीबितरणका लागि राखिएका छन् । भाटभटेनीमा इन्स्योर नामको प्रोटिन पाउडर बिक्री भइरहेको पाइएको छ ।