अपडेट 
२०७७ बैशाख १४, आईतवार १०:४४

जनकपुरधाम । भारतको उत्तर प्रदेशको नौतनवा शहरको क्वरेण्टीनमा २५ दिन बिताएका दुई सय ९६ जना नेपालीहरु आ–आफनो घर फर्किएका छन् । गएको शुक्रबार एक सय जना र शनिबार एक सय ९६ जनालाई नेपाल भित्र्याइएको प्रदेश सभा सदस्य सन्तोष पाण्डेले बताउनुभयो ।

शनिबार दुई पटक गरी एक सय ९६ जनालाई नेपाल ल्याइएको हो । नेपाल भित्रिएकामध्ये दुई सय ६६ जना आ–आफनो गाउँपालिकातर्फ लागेका छन् भने ३० जनालाई शैक्षिक तालिम केन्द्र बसडिलवामा राखिएको छ ।  उनीहरु पनि आइतबार बेलुकासम्म सम्वन्धित गाउँपालिका पुग्ने छन् ।

नेपाल प्रवेश गरेका सबैको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको र सबैको रिर्पोट नेगेटिभ देखिएकाले घर पठाउने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले भैरहवाको क्वरेण्टीनमा राखिएका एक सय ५४ जना भारतीयलाई पनि भारत पठाएको छ ।  

भारतको क्वरेण्टीनमा रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्यूठानलगायतका १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

Comment


Related News

Latest News

Trending News