२०८२ श्रावण ८, बिहीबार १६:३५

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको चर्को आलोचना गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी सरकारले विधेयक अघि सारेको दाबी गरे।

उनले भने, ‘सरकारले चुरे संरक्षण गरेर वन फडानीलाई रोक्नुपर्छ, तराई मधेशमा मरुभूमिकरण भइरहेका छन्, त्यसलाई रोक्नुपर्छ। दुर्भाग्यवस् सरकार एकातिर सगरमाथा संवाद गर्छ, अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी कानुन पनि ल्याउँदैछ।

विधेयकको रूपमा उनले सरकारले अघि सारेको नीतिलाई पुनर्विचार गरेर तराइलाई मरुभूमिकरण हुनबाट जोगाउन आग्रह गरे।

Comment

Related News

Latest News

Trending News