२०८२ श्रावण १०, शनिबार १४:३९

सिरहाको लहान नगरपालिका–३, अस्पताल चोकबाट शनिबार (साउन १०) सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजारका अन्दाजी २४ वर्षीय राहुल कुमार छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार, बिहान करिब ९ः३० बजे सुरक्षा बेसक्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रीवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राहुललाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News