२०८२ श्रावण ११, आईतवार ०७:३०

लामो समयदेखि वर्षा नहुँदा चन्द्र नहरमा पानी छैन । सो नहरमा पानी नहुँदा सप्तरीका हजारौँ किसान धान रोपाइँबाट वञ्चित भएका छन् ।

साउनको पहिलो साता वित्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको छ । लामो समयदेखि वर्षा नहँुदा चन्द्र नहरमा त्रियुगादेखि दुई किलोमीटर उत्तरमा पर्ने काली खोलामा पानीको सतह धटेको कारण नहरमा पानी नआएको कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जानकारी दिए । उनका अनुसार खडेरीको कारण त्रियुगा, काली खोलाको मुहानमा पानीको सतह धटेको कारण चन्द्र नहरमा पानीको यहाँका किसानहरू सिँचाइ गर्नबाट वञ्चित भएका छन् ।



चन्द्र नहरको पानी महादेवासम्म नआए पछि किसान धान रोप्नबाट बन्चित भएको महादेवा गाउँपालिका–१ का दीपक यादवले बताए । तिरहुत–४ का किसान चन्द्रदेव यादवले नहरको व्यवस्थापनमा सरकारले आवश्यक ध्यान नदिँदा आफूहरू समस्यामा पर्दै आएको बताए । तीन वटै तहका सरकारका प्रतिनिधिहरू किसानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँछन् ।यहाँका किसान खडेरीको मारको कारण अहिले सिँचाइ समस्याले हजारौं किसान प्रभावित भएका छन् ।

अकाशे पानीको भरमा खेती हुने किसानका लागी चन्द्र नहर वैकल्पिक सिँचाइ प्रणाली हो । तर, शताब्दी पुरानो नहर खडेरीको कारण किसान धान रोप्नबाट बन्चित भएका छन् । लामो समयदेखि वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । साउन महिनाको पहिलो साता वित्न लाग्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा मात्र ३५ प्रतिशत धान रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आकासे पानीको भरमा खेतीपाती गर्दै आएका किसानले वर्षा नभएकै कारण रोपाइँ गर्न सकिएको छैन भने बोरिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेका छन् । जिल्लाको १८ वटा पालिकामध्ये दक्षिणी भेगका हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा ६० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले बताए ।

उनले सप्तरीको दक्षिणी भेगमा पश्चिमी कोशी नहरको सिँचाइ पुगेका जग्गामा ६० प्रतिशत, मध्य भागमा कोशी पम्प नहरको सिँचाइ पुगेका जग्गामा ३२ प्रतिशत र उत्तरी भेगमा बोरिङ मोटरको प्रयोगबाट सिचाइँ गरी १५ प्रतिशत धान रोपाइँ भएको बताए । गत वर्ष सप्तरीमा दुई लाख ७४ हजार एक सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको थियो । धान रोपाइँ ढिलो हुनुका साथै सिँचाइको अभावले गर्दा उत्पादनमा समेत असर पर्ने देखिएको छ। यसले खाद्य संकटको सम्भावना बढाएको स्थानिय किसानहरू बताउँछन । यता गत असार २६ गते मधेश प्रदेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सङ्धीय सरकारले समेत सङ्कट ग्रस्त क्षेत्र धोषणा गरी प्रधानमन्त्री खडकप्रसाद (केपी)शर्मा ओलीले मधेश प्रदेशमा ५ सय डिप वोरिङ गाडिने घोषणा गरे ।

तीन तहका सरकारले अहिलेसम्म केही स्थानमा खानेपानी वितरण गर्नुबाहेक किसानका लागि कुनै योजना वा राहत ल्याउन नसकेको स्थानीयको आरोप छन । चन्द्र नहर नेपाल–जापान सरकारको मैत्रीपूर्ण सहयोगमा पुनः निर्माण आन्सिक रूपमा भएको छ । आधुनिक चन्द्र नहरमा ११.५ घनमिटर पानी डिस्चार्ज हुने कोशी पम्प चन्द्र नहर सिचाइँ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जानकारी दिए । उनले नहरमा पर्ने सैफन र पुलहरूको काम केही मात्रामा भए तापनि अझै बाँकी रहेको बताए ।

कोशी पम्प चन्द्र नहर सिचाइँ व्यवस्थापनका प्रमुख भट्टराईले ३२ वटा संरचना निर्माणका लागि २ अर्ब २५ करोड ६० लाख जापानी रुपैयाँको लागतमा २०७९ कार्तिक महिनादेखि निर्माण गर्न शुरू भएको मर्मत काम यही असार १५ गते सम्पन्न भएको बताए । चन्द्र नहर सप्तरीको उत्तरपूर्वी क्षेत्रमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरले स्थापना गरेको नेपालको पहिलो सिँचाइ परियोजना छ । यसको निर्माण वि.स. १९७९ मा शुरु भई वि.स. १९८५ मा सम्पन्न भएको थियो ।

करिब ३१ किलोमिटर लामो चन्द्र नहरबाट सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, तिर हुत गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका, महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका–८ का र अग्निसाइर कृष्णसंवरण गाउँपालिका–४, ग्रामिण क्षेत्रका किसानहरूलाई सिचाइँ सुविधा पु¥याइरहेको छ ।

Comment


Related News