२०८२ श्रावण १५, बिहीबार १२:००

स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।



आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार  भइरहेको छ ।

हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ ।

चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News