२०८२ श्रावण १६, शुक्रबार १३:३०

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

सुनकाे भाउ पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



हिजो सुनको भाउ ताेलाकाे एक लाख ९३ हजार ६ सय रुपैयाँ रहेकाे थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ ३५ रुपैयाँले घटेर ताेलाकाे दुई हजार दुई सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ७० रुपैयाँ रहेकाे थियो ।

Comment


Related News

Latest News

Trending News