२०८२ श्रावण १७, शनिबार ०९:५४

संजय मिश्र | रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले पत्रकारको मूल्य तोक्दै थर्काउन थालेका छन्।

आफू विरुद्ध समाचार लेखेको भन्दै सनिवार राती महमद सेराजले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि बरिष्ठ पत्रकार तथा जनकपुर टुडेकर्मी सञ्जय मिश्रा लाई फोन गरेर थर्काएका हुन।



रौतहटका पत्रकारको मूल्य ५ हजार हो मलाई थाहा छ, पैसा दियो भने राम्रो समाचार लेख्ने र पैसा नदिँदा झुठा तथा भ्रामक समाचार लेखेर अरूको चरित्र हत्या गर्ने बाहेक केही पनि गर्न नसक्नेहरू रहेको भनी थर्काएका थिए।

कुराको क्रममा कार्यवाहक मेयर खातुनले केही पत्रकारलाई कुटपिट गर्ने धम्की समेत दिएको बरिष्ठ पत्रकार मिश्रले बताएका छन्। फतुवा बिजयपुरको समाचार जनकपुर टुडे अन्लाईनमा प्रकाशन भएपछी मेयरका श्रीमान सेराजले पटक पटक फोन गर्दा बेलुकी पख फोन रिसिभ गर्दा त्यसरी थर्काएको हो ।

मेयरको श्रीमानको कमिसन मोह : फतुवा बिजयपुरमा विद्यालयको १ करोड ६५ लाख फ्रिज !

Comment


Related News

Latest News

Trending News