२०८२ श्रावण १८, आईतवार १७:५७

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग आइतबार मलेसिया जाने भएपछि उनको अनुपस्थितिमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई प्रमुखको कार्यभार तोकेका छन् ।

खापङु्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय शितल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम भण्डारीलाई प्रमुख तोकिएको हो ।

 

Comment

Related News