२०८२ श्रावण १९, सोमबार ०७:४७

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएकाले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री ओली आइतबार मध्यराति काठमाडौँबाट तुर्कमेनिस्तान प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई दिएका हुन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Comment

Related News

Latest News

Trending News