अपडेट 
२०७७ बैशाख १४, आईतवार २१:३३

महोत्तरी। जनप्रतिनिधिले पाउने सुविधालाई कटौती गर्दै महोत्तरीको भंगहा नगरपालिकाले लकडाउनबाट पीडित भएका गरिवहरुलाई राहत वितरण थालेको छ ।

नगरपालिकाबाट जनप्रतिनिधिले पाउने सुविधा नलिने निर्णय गर्दै लकडाउनबाट भोकै रहेका गरिव तथा विपन्नहरुलाई चामल, दाल, नुन, खानेतेल जस्ता खाद्यान्न समाग्री वितरण गर्न सुरु गरिएको छ ।

पहिलो चरणमा नगरभरीका ५ हजार गरिवलाई राहत वितरण गर्ने काम सुरु गरिएको भंगहा नगरपालिकाका मेयर संजिबकुमार साहले जनाए ।
जनप्रतिनिधिका लागि नगरसभाले दैनिक भ्रमण भत्ता, संचार खर्च, चियाखाजा खर्च लगायतको खर्चका लागि नगरसभाले ६० लाख रकम चालु आर्थिक बर्षका लागि विनियोजन गरेको थियो ।


नौ महिनाकोे भंगहा नगरपालिकाका सबै जनप्रतिनिधिको सेवासुविधा बापतको रकमबाट लकडाउन पीडित विपन्न परिवारलाई राहत वितरणमा दिने निर्णय भएको मेयर साहले बताए । उनका अनुसार अनुसार राहत वितरणमा दिइएको ९ महिनाको सेवासुविधा पुनः लिन नपाउने समेत निर्णय भएको छ ।

Comment


Related News

Latest News

Trending News