२०८२ श्रावण २१, बुधबार १८:१६

अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन् ।



जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एन्ड लजमा पु¥याएर २०८२ वैशाख २०मा बलात्कार गरेको जनाइएको छ ।
यसका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३गते बिहान छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Comment


Related News

Latest News

Trending News