भूमि समस्या समाधान आयोगका अध्यक्षसहित पाँच जना फरार रहेका छन् भने दुई जना कर्मचारीलाई ठगी तथा लिखत कीर्ते मुद्दामा कारागार चलान गरिएको छ ।
सिरहा जिल्ला अदालतले मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका कार्यालय सहयोगी राजकुमार राय र आयोगका कम्प्युटर अपरेटर सन्तोषकुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । त्यस्तै यही मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका १ का शिवदयाल कामति, रामदयाल कामति तथा सिरहा नगरपालिका ७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका १२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका ७ का मोतिलाल श्रेष्ठले ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै प्रहरी समक्ष जाहेरी दिएका थिए ।



