अपडेट 
२०७७ बैशाख १५, सोमबार ११:०९

झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिका शील गर्ने निर्णय भएको छ । जसका लागि विहान ८ वजे बैठक बसेर गाउँपालिका कति दिन शील गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

गाउँपालिकामा संक्रमित भेटिएसँगै जोखिम बढेकाले उनीसँगका सम्पर्क व्यक्ति पनि खोजी गरिने अध्यक्ष राजवंशीले बताउनुभयो ।

संक्रमित ति पुरुष भारतको दिल्लीको तब्लिगी जमातमा सहभागी भएर गत चैत ११ गते घर फर्किएका थिए । जसमा झापाका दुई जना सहभागी थिए । दमकका एक व्यक्ति उनीसँगै सो सभामा सहभागी भएपनि उनमा कोरोना संक्रमण नरहेको जनाइएको छ । उनको पनि यस अघि आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएपनि विराटनगरमा गरिएको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

Comment


Related News

Latest News

Trending News