२०८२ श्रावण २८, बुधबार ०९:४९

भारतको राजस्थानमा भएको भीषण सडक दुर्घटनामा ७ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दौसा जिल्लामा मन्दिर दर्शन गरेर फर्किरहेका भक्तजनहरू सवार एउटा कार सडकमा रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

प्रसिद्ध खाटुश्याम मन्दिरबाट फर्किरहेका उनीहरूको कार तीव्र गतिमा रहेका कारण पार्किङमा रहेको ट्रकसँग ठोक्किएको बताइएको छ । दुर्घटना यति शक्तिशाली थियो कि कारमा सवार ७ बालबालिका र ३ महिलाले घटनास्थलमै ज्यान गुमाए । स्थानीय प्रहरी अधीक्षक सागर राणाले घटनाको पुष्टि गर्दै भने, ‘खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरू दुर्घटनामा परेको जानकारी आएको छ । अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट छ ।’

उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका करिब ७ देखि ८ जनालाई थप उपचारका लागि जयपुरस्थित एसएमएस अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News