२०८२ श्रावण २८, बुधबार १३:३०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन स्थलमा हात हालाहाल भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हात हालाहाल भएको हो।

अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै दुई समूहका युवाहरू होहल्ला गर्दै हातहाल गरेका थिए।

विवाद बढेपछि अधिवेशन कार्यक्रम नै स्थगित भएको छ। कार्यक्रममा लिङ्देनकै अगाडि राणापक्षका युवाहरूले उनीविरुद्ध नाराबाजी गरेपछि उठेर यो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित भएको सूचना सुनाए।

अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेताहरू छुट्टाछुट्टै छलफलमा छन्।

Comment

Related News

Latest News

Trending News