२०८२ श्रावण २८, बुधबार १३:३४

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको हो ।

“नागरिक उन्मुक्तिको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै दिएको छ । अन्य व्यक्तिले बोलाएको भेला, बैठकका निर्णयलाई मान्यता दिन मिलेन,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षले रञ्जितालाई अध्यक्ष पदबाट हटाएको थियो । भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News