२०८२ श्रावण २९, बिहीबार ०८:३४

मानव तस्करी विरोधी इकाई (एएचटीयू), सीमा सुरक्षा बल (एसएसबी) र विभिन्न सामाजिक संस्थाको संयुक्त प्रयासमा एकजना किशोरीलाई उद्धार गरिएको छ भने तीन जनालाई मानव तस्करको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

रक्सौलको बाटा चोक नजिक केही व्यक्तिसँग उभिएकी एक किशोरी शंकास्पद अवस्थामा देखिएको जानकारी पाएपछि एएचटीयू प्रभारीको निर्देशनमा टोली गठन गरी प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण र स्वच्छ रक्सौल बिहारको सहकार्यमा खोज तथा अनुसन्धान अभियान शुरु गरिएको थियो ।

मैत्री पुल, रक्सौल नजिक भारतबाट नेपाल जाँदै गरेका तीन व्यक्तिलाई चिन्हट गरी सोधपुछ गर्दा उनीहरु पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरेन आलम रहेको बुझिएको छ । सोधपुछको क्रममा केही दिनअघि तस्कर मोहम्मद फरहानले सामाजिक सञ्जालमार्फत किशोरीसँग परिचय बढाई प्रेमजालमा फसाउँदै विवाहको प्रलोभन देखाएका थिए । त्यसपछि ती किशोरीलाई परिवारलाई जानकारी नदिइ नेपाल जान राजी गराइ हाजीपुरबाट रक्सौलसम्म ल्याइएको थियो ।

योजनाअनुसार उनीहरू युवतीलाई रक्सौलबाट पोखरा (नेपाल) पु¥याएर साथीको होटलमा राख्ने र दुई दिनपछि भारतको देहरादून पठाउने तयारीमा थिए । काउन्सलिङको क्रममा किशोरीलाई वीरगञ्जस्थित होटलमा राख्ने योजना थियो । शिल्पी झा (नाम परिवर्तन)को परिवारसँग सम्पर्क गर्दा उनीहरूको छोरीको बेपत्ता भएको उजुरी रामकृष्ण नगर प्रहरी चौकी, पटनामा दर्ता भएको पुष्टि भएको छ ।

एएचटीयू, एसएसबी, प्रयास संस्था र स्वच्छ रक्सौलको टोलीले तत्काल कारबाही गर्दै युवतीलाई उद्धार ग¥यो र तस्करहरूको योजना विफल पारियो। उद्धार गरिएकी युवती र तीनै तस्करलाई थप कानूनी कारबाहीका लागि हरैया प्रहरी चौकी, पूर्वी चम्पारणमा बुझाइएको छ ।

उद्धार अभियानमा एएचटीयू, एसएसबीका इन्स्पेक्टर विकास कुमार, सउनी खेमराज, हवल्दार अरविन्द द्विवेदी, महिला सिपाही नीतु कुमारी र सेतु लक्ष्मी, प्रयास संस्थाबाट आरती कुमारी र राज गुप्ता तथा स्वच्छ रक्सौल संस्थाबाट रणजीत सिंह र साबरा खातुन सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News