२०८२ श्रावण २९, बिहीबार १७:२५

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको छ।

आज काठमाडौंमा एक कार्यक्रम गरेर कार्यगत एकताको घोषणा गरेका हुन्। एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।



कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्। राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका हुन्।

 

Comment


Related News

Latest News

Trending News